मन्त्रालयबाट सम्पादित प्रमुख कार्यहरु:-
१) वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय
मापदण्ड
(NNAQS)
लागू गरी काठमाण्डौ उपत्यकाको वायुको
गुणस्तर अनुगमनका लागि ६ बिभिन्न माध्यमबाट प्रसार गर्ने
ब्यबस्था मिलाइएको ।
२)
नेपाल सवारी प्रदूषण मापदण्ड,
२०५६ जारी गरी नियमित अनुगमनका अलावा
छड्के जांच समेत गर्ने ब्यबस्था मिलाइएको ।
३)
प्रदूषणकारी सवारी साधनहरुलाई काठमाण्डौ
उपत्यकाबाट विस्थापन एवं वातावरण मैत्री विद्युतीय सवारी
साधनहरुलाई प्रवर्द्धन गरेको ।
४)
औद्योगिक प्रदूषण नियन्त्रण गर्न ९
प्रकारका उद्योग बिशेषलाई लागू हुने औद्योगिक निष्कासन
मापदण्ड तयार गरी लागू गरिएको ।
५)
विकास आयोजनाहरुबाट वातावरणमा पर्न सक्ने
नकारात्मक असरहरुलाई न्यून गर्ने उद्देश्यले वातावरण
संरक्षण ऐन र नियमावली बमोजिम २०६३ माघ सम्म ६७ वटा
आयोजनाको वातावरणीय प्रभाव
मूल्याङ्कन (EIA)
प्रतिवेदन स्वीकृत गरिएको
६)
वातावरण सम्बन्धि वातावरण स्थिति
प्रतिवेदन, वातावरण जर्नल जस्ता
प्रकाशनहरु प्रकाशित गर्ने गरिएको ।
७)
सूचना प्रविधि नीति,
२०५७, विज्ञान तथा प्रविधि नीति,
२०६१, जैविक
प्रविधि नीति, २०६३, ग्रामीण
ऊर्जा नीति, २०६३,
विद्युतीय कारोबार नियमावली, २०६४ र राष्टिय परमाणु नीति
२०६४ जारी गरिएको ।
८)
विद्युतीय
(इलेक्ट्रोनिक) कारोवार ऐन,
२०६३ र यस ऐन अर्न्तर्गत,
विद्युतीय कारोवार नियमावली,
र सूचना प्रविधि न्यायाधीकरण (कार्यविधि)
नियमावली, २०६१
जारी भई कार्यान्वयनमा आएको ।
९)
काभ्रेपलाञ्ंचोक जिल्लाको बनेपामा सूचना
प्रविधि पार्कको कार्यालय भवन,
व्यापारिक भवन तथा आवास भवन लगायतको निर्माण पूरा भएको ।
१०)
विभिन्न मन्त्रालय,
सचिवालय तथा विभागमा इन्टरनेट सुविधाको
विकास एवं विस्तार गरी नेपाल सरकारको
वेब पोर्टल
www.nepalgov.gov.np
निर्माण
तथा संचालन गरेको ।
११)
वातावरण सम्बन्धी १८ भन्दा बढी अन्तराष्टिय
महासन्धि/सम्झौताहरुमा
नेपाल पक्ष राष्ट्र भएको । क्योटो प्रोटोकल अर्न्तर्गत
स्वच्छ विकास संयन्त्र (Clean
Development Mechanism CDM)
लाई प्रवर्द्धन गर्न यस मन्त्रालयलाई
नेपाल सरकारले
Designated National
Authority (DNA)
तोकी काम गर्दै आएको ।
१२)
चीरस्थायी जैविक प्रदूषक सम्बन्धी स्टकहोम
महासन्धि कार्यान्वयनका सिलसिलामा नेपालमा भएका जैविक
प्रदूषकहरुको अभिलेख (Inventory
on POPs for Chemicals )
र ती प्रदूषकहरुलाई सुरक्षित व्यवस्थापन गर्न राष्ट्रिय
कार्यान्वयन योजना
(National
Implementation Plan on POPs for Stockhlon Convention
)
तयार गरिएको ।
१३)
जलवायु परिवर्तन,
मरुभूमिकरण र जैविक विविधता सम्बन्धी महासन्धिहरुको
प्रभावकारी कार्यान्वयनको लागि कार्यक्रमहरु तर्जुमा गर्न
UNDP-GEF
Enabling Activities Project
अर्न्तर्गत
National Capacity Needs Self Assessment(NCSA)
कार्यक्रमको कार्यान्वयन सुरु भएको ।
१४)
मरुभूमिकरण सम्बन्धी महासन्धि कार्यान्वयन
स्थिति सम्बन्धी तेश्रो राष्ट्रिय प्रतिवेदन एवं नर्वेजियन
सरकारको सहयोगमा संचालित
Regulating and
Monitoring Capacity Building for EIA of Hydropower
Projects in Nepal
अन्तरगत
४ वटा Giude Book
र १ वटा
Hand Book
प्रकाशन गरिएको ।