<? echo "नेपाल सरकार\nवातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय"?>
मुख्य पृष्ठअन्तर्राष्ट्रिय ऐजेन्सी डाउनलोड गुनासो र सम्पर्क                                                                                                                                                                              इमेल हेर्नुहोस्   English Version   

मन्त्रालय
मन्त्री ज्यूको निजि सचिवालय
हाम्रो वारेमा
उदेश्य
कार्यहरु
नागरिक वडापत्र
संगठनात्मक संरचना
वाषिक योजना कार्य प्रगती
सम्पादित मुख्य कार्यहरु
कर्मचारी विवरण
पूस्तकालय
ऐन, नीति, नियमावली, कार्य तथा रिपोर्ट
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३
सूचना प्रविधि नीति२०५७
विज्ञान तथा प्रविधि नीति२०६१ विज्ञान तथा प्रविधि नीति २०६४(मस्यौदा)
जैविक प्रविधि नीती २०६३
ग्रामिण उर्जा नीति २०६३
राष्ट्रिय परमाणु नीति, २०६४
विधुतिय शासन मास्टर प्लान
विद्युतीय कारोवार नियमावली २०६४
सूचना प्रविधि न्यायाधीकरण (कार्यविधि) नियमावली २०६४
अन्य महत्वपूर्ण लिंक‌
नेपाल सरकारको वेब पोर्टल
सुचना तथा स‌चार मन्त्रालय
अन्य सरकारी वेब साइट
सार्क डकुमेन्टेशन केन्द्र
सरकारी समाचारका वेब साइट



मुख्य पृष्ठ » संगठनात्मक संरचना र जनशक्ति
संगठनात्मक संरचना र जनशक्ति

संगठनात्मक संरचना र जनशक्ति

 

संगठनात्मक संरचना -

 

       यस मन्त्रालयमा निम्नानुसार महाशाखाहरु रहेका छन् ।

  • योजना, मूल्यांकन तथा प्रशासन महाशाखा
  • विज्ञान तथा सूचना प्रविधि प्रवर्द्धन महाशाखा

 

       यस मन्त्रालय अर्न्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति र वि.पी.कोइराला मेमोरियल प्लानिटेरियम तथा अव्जरभेटरी विकास समिति र      प्रमाणिकरण नियन्त्रकको कार्यालय रहेका छन् ।

       साथै यो मन्त्रालय सूचना प्रविधि उच्चस्तरीय आयोग र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सर्म्पर्क मन्त्रालयको रुपमा रहि आएको छ ।

 

जनशक्ति

 

यस मन्त्रालय र अर्न्तर्गतका निकायहरुको जनशक्ति विवरण निम्नअनुसार छ ।

सि‍ नं निकायहरु संख्या
विज्ञान तथा प्रविधि मन्त्रालय ३८
प्रमाणिकरण नियन्त्रकको कार्यालय १७
वि.पी.कोइराला मेमोरियल प्लानेटेरियम तथा अव्जरभेटरी विकास समिति
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति ४२
राष्ट्रिय सूचना प्रविधि केन्द्र
  जम्मा १११

मन्त्रालय अर्न्तर्गतका निकायहरु

 

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

 

       अपराध अनुसन्धान तथा न्याय सम्पादनमा आवश्यक भौतिक सबुत प्रमाणलाई निष्पक्ष तथा भरपर्दो तरिकाले परीक्षण गराउन एउटा साधन सम्पन्न, स्वतन्त्र एवं स्वशासित विधि विज्ञान प्रयोगशालाको आवश्यकता शाही न्याय सुधार आयोग -२०४०) को प्रतिवेदनमा उल्लेख भएअनुसार बि.सं. २०४३ मा तत्कालिन रोनाष्ट अर्न्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना भएको हो । न्याय सम्पादनको लागि कुनै पनि जीव, निर्जिव बिषय बस्तु वा दशी वा भौतिक तथा रसायनिक चीजहरुको वैज्ञानिक परीक्षण गरी राय प्रतिवेदन दिने र विधि विज्ञानको विकासको लागि अध्ययन, अनुसन्धान, तालिम आदि संचालन गर्ने मुल उद्देश्य सहित स्थापित यो प्रयोगशाला २०५२ देखि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला बिकास समितिको रुपमा रहेको छ ।

 

. वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अव्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति

 

       नेपालमा प्लानेटेरियम, वेधशाला तथा विज्ञान संग्रहालयको स्थापना, सञ्चालन तथा विकास गरी जनमानसमा वैज्ञानिक चेतना तथा संस्कारमा अभिवृद्धि गर्ने, ब्रम्हाण्ड विज्ञान तथा खगोल विज्ञानको र्सार्थक ज्ञानलाई जनामानसमा प्रवाहित गर्ने उद्देश्य लिई विकास समिति ऐन, २०१३ वमोजिम वी.पी. कोईराला मेमोरियल प्लानेटोरियम तथा अव्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको गठन २०४८ सालमा भएको हो ।

 

   राष्ट्रिय सूचना प्रविधि केन्द्र

 

       सूचना प्रविधिको  विकास एवं विस्तारको लागि नीति तथा योजनाको कार्यान्वयन, सरकारी निकायहरुमा कम्प्युटर अभिलेखीकरण, वेवर्साईट डिजाईन, प्रवाह र अध्यावधिकरण, सूचना प्रविधिको अनुसन्धान तथा विकास, राष्ट्रियस्तरमा सूचना संकलन र डाटा डिपोजिटरीका रुपमा काम गर्ने जस्ता उद्देश्यका साथ वि.सं. २०५८ सालमा यस केन्द्रको स्थापना भएको हो ।

 

   प्रमाणिकरण नियन्त्रकको कार्यालय

 

 

 मन्त्रालय सम्बद्ध निकायहरु

 

सूचना प्रविधि उच्चस्तरीय आयोग

 

       सूचना प्रविधिको माध्यमबाट ज्ञानमा आधारित समाजको निर्माण र तत्सम्बन्धी उद्योगहरुको स्थापना, विकास र विस्तारद्वारा रोजगारीको अवसर श्रृजना गर्ने र गरिबी निवारणमा सघाउ पुर्याउन सूचना तथा संचार प्रविधिको क्षेत्रमा आवश्यक समन्वय गरी सहजकर्ता, प्रवर्द्धक र नियन्त्रकको रुपमा कार्यहरु राष्ट्रिय स्तरमा सम्पादन गर्न, गराउन मन्त्रिपरिषद्को २०६० भाद्र ८ को निणार्नुसार आयोगको स्थापना भएको हो । सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा रहेको यस आयोगमा नेपाल सरकारका सम्बद्ध मन्त्रालयका सचिवहरुका साथै निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने व्यवस्था छ ।

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

 

       विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र प्रवर्द्धन गर्ने, विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत प्रतिभावान वैज्ञानिक एवं प्राविधिज्ञहरुलाई प्रोत्साहन र कदर गर्ने र उपयुक्त प्रविधि पहिल्याउने जस्ता उद्देश्यहरु हासिल गर्न २०३९ मा यस प्रतिष्ठानको स्थापना भएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ बमोजिम स्वायत्त संस्थाको रुपमा यो प्रतिष्ठान संचालित छ ।


 
Copyright © 2006  |  All Rights Reserved  |  Ministry of Science and Technology
Best viewed in 1024 x 768 px screen resolution
webmaster@most.gov.np